२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

 सीईओको लागि निफ्राले  खुलायो विज्ञापन, कसले दिन पाउँछ आवेदन ?


सञ्चार डबली
  • बिहीबार , चैत १५ २०८०
  • 8.5K
    SHARES

  • images
     सीईओको लागि निफ्राले  खुलायो विज्ञापन, कसले दिन पाउँछ आवेदन ?


    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैक लिमिटेड (निफ्रा) ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्न विज्ञापन खुलाएको छ । बिहिबार सार्वजनिक सूचना निकालेर सीईओ पदका लागि विज्ञापन खुलाएको हो । इच्छुक योग्यता पुग्ने नेपाली नागरिकले चैत २९ गते ५ बजेसम्म आवेदन दिन सक्नेछन् ।

    आवेदन दिनका लागि व्यवस्थापन, बैंकिङ, फाइनान्स, अर्थशास्त्र, कर्मसी, अकाउन्टेन्सी, तथ्याङ, अकाउन्टिङ, गणित, बिजनेस प्रशासन अथवा कानुनमा मास्टर्स डिग्री गरेको हुनुपर्नेछ । अथवा कम्तीमा १० वर्ष अधिकृत तहमा काम गरेको वा बैंकिङ अथवा फाइनान्स सेक्टर, सरकारी निकायहरु, निजी क्षेत्र, विश्वविद्यालय अथवा अन्तर्राष्ट्रिय निकाय वा संस्थाहरु अधिकृतभन्दा माथिल्लो तहमा काम गरेको हुनुपर्नेछ । चार्टर अकाउन्टेन्सी ९सीए० अथवा ब्याचलर डिग्री व्यवस्थापन, बैंकिङ, फाइनान्स, अर्थशास्त्र, कमर्स,तथ्यांकशास्त्र, अकाउन्टिङ, गणित, बिजनेस प्रशासन तथा कानुनमा गरेको हुनुपर्छ ।

    ठूला पूर्वाधारमा लगानी गर्ने उदेश्यका साथ बैकको स्थापना भएको हो । सरकारले नीतिगतमा रुपमा सहयोग नगरेपछि प्रभावकारी रुपमा बैंकले उपस्थिति देखाउन सकेको छैन ।

    माघ पहिलो साता तत्कालीन सीईओ रामकृष्ण खतिवडाले राजीनामा दिएका थिए । उनले बैंकले उदेश्य अनुसार काम गर्न नसकेको भन्दै राजीनामा दिएका हुन् । माघ १ गतेदेखि लागु हुने गरी राजीनामा स्वीकृत भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend