२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

कुमारी बैङ्कः बैङ्किङ एपद्वारा मुद्दती निक्षेपबाट ९० प्रतिशतसम्म कर्जा लिन सकिने


सञ्चार डबली
  • बिहीबार , चैत १५ २०८०
  • 8.1K
    SHARES

  • images
    कुमारी बैङ्कः बैङ्किङ एपद्वारा मुद्दती निक्षेपबाट ९० प्रतिशतसम्म कर्जा लिन सकिने


    काठमाडौं । कुमारी बैङ्कमा मुद्दती निक्षेप र रिकरीङ निक्षेप भएका बचतकर्ताले मोबाइल बैङ्किङ एपद्वारा निक्षेपको ९० प्रतिशतसम्म कर्जा सुविधा सजिलै र तुरुन्तै लिन सकिने बैङ्कले जनाएको छ। हालसम्म यो सेवा लिनको लागी बचतकर्ता स्वयम् बैङ्कको शाखामा उपस्थित हुनुपर्ने अवस्था थियो भने बैङ्कले आफ्नो 

    एपको पछिल्लो संस्करणमा बचतकर्ताको समयको महत्वलाई मध्यनजर गर्दै अब देखी सो सेवा घर बसेर नै लिन सकिने व्यवस्था गरेको हो ।मोबाइल बैङ्किङ एपद्वारा कर्जा लिँदा ब्याजदरमा ०.२५ प्रतिशत छुट पनि रहेको छ भने यस्तो प्रकारको कर्जा लिनको लागी कुनै पनि किसिमको कागजी प्रक्रियाहरू नहुने र मोबाइल बैङ्किङ एप मार्फत यो सुविधा चौबिसै घण्टा उपलब्ध रहने ब्यहोरा बैङ्कले सार्वजनिक गरेको छ।

    निक्षेपकर्तालाई आवश्यकता परेका अवस्थामा निक्षेपकर्ताले आफ्नो मुद्दती निक्षेपलाई रद्द नगरी, मोबाइल बैङ्किङ एपमार्फत सामान्य केही क्लिकहरू गरेको आधारमै आफ्नो बैङ्क खातामा तुरुन्तै कर्जाको रकम प्राप्त गर्न सक्नेछन्। कुमारी बैङ्कले पछिल्लो समयमा यस प्रकारका धेरै डिजिटल सुविधाहरू उपलब्ध गराउँदै आएको छ जसले नेपालको बैङ्किङ तथा डिजिटल क्षेत्र प्रवर्द्धन गर्न ठुलो योगदान पुर्‍याएको छ। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend