२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

डिजिटल वालेट ‘आइएमई पे’ मार्फत रेमिट्यान्समा ५ सयसम्म बोनस पाइने


सञ्चार डबली
  • बुधबार, चैत १४ २०८०
  • 8.8K
    SHARES

  • images
    डिजिटल वालेट ‘आइएमई पे’ मार्फत रेमिट्यान्समा ५ सयसम्म बोनस पाइने


    काठमाडौं । नेपालको डिजिटल वालेट ‘आइएमई पे’मार्फत रेमिट्यान्स प्राप्त गर्दा ५ सय रुपैयाँसम्म बोनस पाइने भएको छ ।आइएमई पेले मनिग्राम मार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँच सय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो ।

    अफरअन्तर्गत विदेशमा रहेका सेवाग्राहीहरूले मनिग्राममार्फत पठाएको रकम आइएमई पे मार्फत प्राप्त गर्दा पाँच सय रुपैयाँ बोनससम्म पाउनेछन् । मनीग्रामबाहेक अन्य रेमिट्यान्स सेवाहरू अल अन्सारी, इजी रेमिट, इन्स्ट्यान्ट क्यासमार्फत पठाइएको रकम आइएमई पेमार्फत प्राप्त गर्दा पनि एक सय रुपैयाँ बोनस प्राप्त गर्न सकिने जनाइएको छ ।फागुन १० गतेबाट सुरु भएको अफर दुई महिना सम्म रहने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend