२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

माछापुच्छ्रे बैङ्कले मनायो ग्लोबल मनि सप्ताह : सात वटै प्रदेशमा अन्तर्क्रिया सम्पन्न


सञ्चार डबली
  • मंगलबार, चैत १३ २०८०
  • 7.3K
    SHARES

  • images
    माछापुच्छ्रे बैङ्कले मनायो ग्लोबल मनि सप्ताह : सात वटै प्रदेशमा अन्तर्क्रिया सम्पन्न

    काठमाडौँ, १३ चैत । माछापुच्छ्रे बैङ्क लिमिटेडले ‘ग्लोबल मनि विक’ भव्य रूपमा मनाएको छ । वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापी रूपमा मनाइने ग्लोबल मनि विक माछापुच्छ्रे बैङ्कले यस बर्ष पनि भव्य रूपमा मनाएको हो । 

    ‘प्रोटेक्ट योयर मनि सेक्योर योर फ्यूचर’ भन्ने मुल नाराका साथ मार्च १८ तारिखदेखि २४ तारिखसम्म परेको ग्लोबल मनि विक –२०२४ अन्तर्गत माछापुच्छ्रे बैङ्कले देशभर छरिएर रहेका आफ्ना शाखा कार्यालयहरूमार्फत विभिन्न प्रकारका वित्तीय साक्षरता कार्याक्रमहरू आयोजना गरेको थियो । 

    बैङ्कले देशका ७ वटै प्रदेशमा स्थानीय विद्यालय, कलेज, क्लवहरूसँग समन्वय गरेर विभिन्न तहका विद्यार्थी, महिला तथा ज्येष्ठ नागरिकलाई लक्षित गरी अन्तर्क्रिया कार्यक्रमहरूको आयोजना गरी ग्लोबल मनि विक मनाएको हो । 

    सो अवधिमा बैङ्कले बैङ्किङ्ग सम्बन्धि आधारभूत ज्ञान, वित्तीय साक्षरताको महत्त्व, वित्त व्यवस्थाको लागि व्यक्तिगत तथा परिवारिक बजेट तयार गर्ने प्रक्रिया, बचत गर्ने बानी सुधार गर्ने तरिका, बैङ्कहरूले प्रदान गरिरहेका डिजिटल सेवाहरू, डिजिटल सेवाहरूको प्रयोग गर्दा अपनाउनुपर्ने सचेतना, बैङ्कले प्रवाह गर्ने विभिन्न कर्जा, रेमिट्यान्स, गैरकानुनी रूपमा गरिने हुण्डीको कारोबार र त्यसका नकारात्मक असर, सफा नोट नीति र नोटलाई जतन गर्ने तरिका आदि जस्ता विषयहरूमा विस्तृत जानकारी दिइएको थियो ।

    ग्लोबल मनि सप्ताह सन् २०१२ देखि प्रत्येक बर्षको मार्च महिनामा यूवा तथा बालबालिकाहरूमा वित्तीय साक्षरता अभिबृद्धि गर्न तथा वित्तीय सचेतना जगाउने उद्देश्यले मनाउने गरिन्छ । 

    सोही अनुरूप युवा अवस्थादेखि पैसाको व्यवस्थापन गर्न सिक्न, भविष्यका लागि बचत गर्न र परिवारमा आर्थिक सहयोग पु-याउने मद्दत गर्ने विश्वासका साथ बैङ्कले हरेक वर्ष ग्लोबल मनि सप्ताह मनाउँदै आएको छ ।

    माछापुच्छ्रे बैङ्कले आम ग्राहक वर्गलाई लक्षित गर्दै यस अघि पनि विभिन्न समयमा विभिन्न माध्यमहरूमार्फत वित्तीय साक्षरता कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend