काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला १ लाख २६ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि, सोमबार छापावाल सुन १ लाख २६ हजार ७०० रुपैयाँ कायम रहेको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको १ लाख २५ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर १५ सय ५ रुपैयाँ कायम भएको छ ।सोमबार चाँदीको भाउ प्रतितोला १५ सय १५ रुपैयाँ कायम रहेको थियो ।


