२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा


सञ्चार डबली
  • मंगलबार, चैत १३ २०८०
  • 8.7K
    SHARES

  • images
    यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीले संस्थापक सेयरधनी सन्दिप खेतानको नाममा रहेको ९९ हजार ४११ कित्ता र जुलि चाचानको नाममा रहेको ४९ हजार ७०५ कित्ता गरी कुल १ लाख ४९ हजार ११६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर  खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् ।

     सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २७० रुपैयाँ निर्धारण गरिएको छ । विद्यमान संस्थापकहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र सुन्धारामा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।  निर्धारित मितिभित्र कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीसलाई सेयर बिक्रीको प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend