२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

फागुनसम्ममा १२ जीवन बीमा कम्पनीले संकलन गरे पौने २ अर्ब प्रिमियम


सञ्चार डबली
  • मंगलबार, चैत १३ २०८०
  • 8.5K
    SHARES

  • images
    फागुनसम्ममा १२ जीवन बीमा कम्पनीले संकलन गरे पौने २ अर्ब प्रिमियम


    काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा १२ वटा बीमा कम्पनीहरुले साढे १ अर्ब रुपैयाँ बराबरको लघु बीमा व्यवसाय गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार लघु बीमालेख बिक्रीबाट फागुनसम्म ती जीवन बीमा कम्पनीले १ अर्ब ७० करोड ४२ लाख रुपैयाँबराबरको कुल बीमाशुल्क आर्जन गरेका हुन्। यो अवधिसम्म यी कम्पनीको कुल सक्रिय रहेको बीमालेख संख्या ३४ लाख ८० हजार ६०२ वटा रहेको छ।

    यो ८ महिनामा लघु बीमालेख बिक्रीबाट नेशनल लाइफले सर्वाधिक व्यापार गरेको छ। यो कम्पनीले मात्रै ७४ करोड ८५ लाख रुपैयाँ बढीको कुल बीमाशुल्क आर्जन गरेको छ।

    यसैगरी दोस्रोमा सिटिजन लाइफ रहेको छ। यो कम्पनीले लघु बीमालेख बिक्रीबाट ३० करोड ७१ लाख रुपैयाँ बढी कुल बीमाशुल्क आर्जन गरेको छ। तेस्रो सानिमा रिलायन्स लाइफले १८ करोड ९० लाख रुपैयाँ, चौथोमा सूर्यज्योति लाइफले १८ करोड ३२ लाख रुपैयाँ र पाँचौँमा प्रभु महालक्ष्मी लाइफले १४ करोड ६५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

    यस्तै लघु बीमालेख बिक्रीबाट मेट लाइफले ९ करोड ८२ लाख रुपैयाँ, सन नेपाल लाइफले १ करोड ७७ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ७६ लाख ७९ हजार रुपैयाँ, एसियन लाइफले ३१ लाख १३ हजार रुपैयाँ, नेपाल लाइफले २२ लाख १२ हजार रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसनले ७ लाख ८९ हजार रुपैयाँ र हिमालयन लाइफले २३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend