२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

महासंघ अध्यक्ष ढकाल र कतारका राजदूतबीच भेटवार्ता


सञ्चार डबली
  • मंगलबार, चैत १३ २०८०
  • 7.1K
    SHARES

  • images
    महासंघ अध्यक्ष ढकाल र कतारका राजदूतबीच भेटवार्ता


    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कतारका राजदूतसँग भेटवार्ता भएको छ। अध्यक्ष ढकालले सोमबार नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीसँग भेटवार्ता गरेका हुन्। सो भेटमा ढकालले नेपालमा लगानी प्रवर्द्धन गर्नका लागि कतारका राजदूतसँग आग्रह गरेका हुन्। 

    दुई देशबीच आर्थिक सहयोग अभिवृद्धि र व्यापार साझेदारीलाई बढावा दिने विषयमा भेटवार्ता केन्द्रित थियो। उक्त अवसरमा महासंघका अध्यक्ष ढकालले नेपालमा थप लगानी गर्नुपर्नेमा जोड दिए। 

    उनीहरूबीच महासंघ र कतार चेम्बरको एक संयुक्त व्यापार परिषद् स्थापना गर्ने योजनामा छलफल पनि भएको छ। संयुक्त व्यापार परिषद्ले नेपाल र कतारबीचको सहकार्य र सूचना आदानप्रदानलाई सहज बनाउने अपेक्षा गरिएको छ। राजदूत अन्सारीले द्विपक्षीय लगानी सम्झौताले लगानी संरक्षण, व्यापार प्रवर्द्धन र आर्थिक सहयोगलाई प्रोत्साहन गर्ने ढाँचा उपलब्ध गराउने बताए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend