२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सेयर बजारमा दोहोरो अंकको गिरावट, सूचकसँगै कारोबार घट्यो 


सञ्चार डबली
  • सोमबार, चैत १२ २०८०
  • 8.0K
    SHARES

  • images
    सेयर बजारमा दोहोरो अंकको गिरावट, सूचकसँगै कारोबार घट्यो 

     

    काठमाडौं । चार दिनपछि खुलेको सेयर बजारमा दोहोरो अंकको गिरावट छ । नेप्से परिसूचक १७.०१ अंकले घट्दै २०३१.५५ विन्दुमा आएको छ । कारोबार रकम २ अर्ब ४८ करोड ९१ लाख रुपैयाँमा सीमित भएको छ । गत साताको अन्तिम दिन ४ अर्ब ३१ करोडको कारोबार भएको थियो । आज ३७ कम्पनीका सेयरमूल्य बढेको छ भने २०४ कम्पनीको घटेको छ ।

     ३ कम्पनीको सेयरमूल्य स्थिर रह्यो । लगानीकर्तालाई फागु पर्वको बिदाबारे अन्योल भएर पनि कारोबार घटेको अनुमान छ । पहाडी जिल्लामा हिजो फागु पर्व थियो भने आज तराईका जिल्ला होलीको बिदा छ ।घटेको बजारमा पनि बोटलर्स नेपाल बालाजुको सेयरमा पोजेटिभ सर्किट लागेको छ । सर्वोत्तम सिमेन्टको सेयरमा आजसहित लगातार चौथो दिन पोजेटिम सर्किट छ । बोटलर्सको सेयर प्रति कित्ता १६ सय ६१ पुगेको छ भने सर्वोत्तमको ८ सय १३ रुपैयाँ पुगेको छ । बढेका अन्य कम्पनीमा धौलागिरी लघुवित्त र तारागाउँ सिजेन्सी होटल छन् ।

    आज सर्वाधिक कारोबार हुनेमा गुर्खाज फाइनान्स छ । उक्त कम्पनीको २८ करोड ९० लाखको सेयर किनबेच भएको छ । यस्तै शिवम् सिमेन्टको १३ करोड ७८ लाख र सोनापुर मिनरल्सको ८ करोड १३ लाखको सेयर कारोबार भएको छ । १३ उमसमूहमध्ये आज होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र व्यापारबाहेकका सबै कम्पनीको सूचक घटेका छ । सर्वाधिक घटेकाको सूचीमा किसान लघुवित्त पहिलो नम्बरमा छ । किसानका लगानीकर्ताले १० प्रतिशतले गुमाएका छन् । बुद्धभूमि नेपाल हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त, गुराँस लघुवित्त, युनिक नेपाल लघुवित्तलगायत घटेका छन् ।     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend