२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

 पाँच वर्षमा नेपालमा  भित्रियो साढे २८ अर्ब रुपैयाँको मदिरा


सञ्चार डबली
  • सोमबार, चैत १२ २०८०
  • 7.5K
    SHARES

  • images
     पाँच वर्षमा नेपालमा  भित्रियो साढे २८ अर्ब रुपैयाँको मदिरा


    काठमाडौं । नेपालमा  पछिल्लो पाँच वर्षमा  २८ अर्बको मदिरा आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष ०७६–७७ देखि हालसम्म अर्थात् पछिल्लो पाँच वर्षमा नेपालमा २८ अर्ब ५९ करोड २४ लाख ६ हजार ६५८ रुपैयाँ बराबरको मदिरा र मदिरा बनाउनका लागि प्रयोग हुने कच्चापदार्थ नेपालमा आयात भएको छ ।

    चालु आर्थिक वर्ष९आव० को ८ महिनामा भने २ अर्ब ५८ करोड ११ लाख ८० हजार रुपैयाँ बराबरको मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नेपालमा भित्रिएको विभागको तथ्यांकले देखाएको छ ।

    त्यस्तै, गत आवमा २ अर्ब ९८ करोड ९३ लाख २९ हजार रुपैयाँ, आव ०७८–७९ मा ३ अर्ब ७१ करोड १५ लाख १७ हजार रुपैयाँ, आव ०७७–७८ मा २ अर्ब ६५ करोड ७ लाख १० हजार रुपैयाँ र आव ०७६–७७ मा ३ अर्ब ३ करोड ३७ लाख ८६ हजार रुपैयाँ बराबरको मदिरा र मदिरा बनाउने कच्चा पदार्थ आयात भएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend