२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सिंगटी हाइड्रो इनर्जीको अवितरित हकप्रद शेयर बिक्रीमा, कसरी दिने आवेदन ?


सञ्चार डबली
  • सोमबार, चैत १२ २०८०
  • 7.6K
    SHARES

  • images
    सिंगटी हाइड्रो इनर्जीको अवितरित हकप्रद शेयर बिक्रीमा, कसरी दिने आवेदन ?


    काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले बिक्रीमा ल्याएको अवितरित हकप्रद शेयरमा आजदेखि खरिद आवेदन दिन सकिने भएको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य एक सय रुपैयाँमा ४६ लाख ११ हजार ५९३ कित्ता शेयर बिक्रीमा ल्याएको छ। जसमध्ये २६ लाख ८५ हजार ९५० कित्ता शेयरको ‘लक इन’अवधि आउँदो चैत्र २६ गतेसम्म रहेको कम्पनीले जनाएको छ।

    निष्काशन तथा बिक्री खुला गरिएको यस शेयरमा खरिदकर्ताले चैत्र २० गतेसम्म आवेदन दिन पाउनेछन् । शेयर खरिदका लागि आवेदन दिँदा न्यूनतम १०० कित्ता र अधिकतममा सबै कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। खरिदकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकको भक्तपुर, ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बेनी, बुटवल, दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालय तथा सिन्धु विकास बैंकको दोलखा शाखाबाट आवेदन दिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend